Kathmandu Press

घनश्यामलाई महासचिव बनाउने र वामदेवलाई पार्टीमा भित्र्याउने नेकपा एसको तयारी

नेकपा एसका एक पदाधिकारीका अनुसार हालै पार्टी प्रवेश गरेका नेता भुसाललाई महासचिव बनाउन लागिएको हो। हाल महासचिव रहेका बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाउने तयारी भइरहेको उनले बताए। यसको औपचारिक निर्णय भने माघ २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने उनको भनाइ छ।
घनश्यामलाई महासचिव बनाउने र वामदेवलाई पार्टीमा भित्र्याउने नेकपा एसको तयारी

काठमाडौं, माघ १२ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले घनश्याम भुसाललाई महासचिव बनाउने तयारी गरेको छ।

नेकपा एसका एक पदाधिकारीका अनुसार हालै पार्टी प्रवेश गरेका नेता भुसाललाई महासचिव बनाउन लागिएको हो। हाल महासचिव रहेका बेदुराम भुसाललाई भने उपाध्यक्ष बनाउने तयारी भइरहेको उनले बताए। यसको औपचारिक निर्णय भने माघ २१ र २२ गते बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने उनको भनाइ छ।

गत मंसिरमा सम्पन्न आम निर्वाचनअघि असोजमा एमाले परित्याग गरेका भुसाल पुस २९ गते नेकपा एसमा प्रवेश गरेका थिए। चुनावमा उनी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए तर पराजित भए।

२०७१ सालको नवौं महाधिवेशनबाट एमालेका उपमहासचिव निर्वाचित भुसाल २०७८ मंसिरमा सम्पन्न दसौ महाधिवेशनमा भने उपाध्यक्षमा पराजित भएका थिए। एमालेले  उनलाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। तर गत २३ असोजमा भूसालले एमाले परित्याग गरी  चुनाव जित्न भने सकेनन् ।

यसैबीच नेकपा एसले वामपन्थी नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरेको छ। त्यसका लागि गौतमसँग नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतले औपचारिक–अनौपचारिक संवाद गरिरहेको बताइउको छ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या दस्तावेज नेकपा एसलाई बुझाएको एक नेताले बताए। आफू अब एमालेमा नफर्किने र आफ्ना कुरा सम्बोधन भए नेकपा एसममा समाहित हुने वचन गौतमले दिएको उनको भनाइ छ।

गौतम आए वरिष्ठ उपाध्यक्ष पद दिने तयारी नेकपा एसको छ। गौतम एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वरिष्ठ उपाध्यक्ष थिए।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्