Kathmandu Press

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

ओली आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन्। भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, माघ १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

ओली आज (बिहीबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन्। भेटमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री र प्रचण्डबीच पछिल्लो समय पटकपटक भेटवार्ता हुँदै आएको छ। उनीहरूबीच मंगलबार पनि बालुवाटारमा भेटवार्ता भएको थियो।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहमति गरेको हुन सक्ने भन्दै ओली सशंकिात छन्।

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्