माओवादीकाे स्थायी कमिटी बैठक दिउँसाे २ बजे बस्ने

काठमाडाैं, माघ १२ : सत्तारुढ दल माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी कार्याल्य पेरिसडाँडामा बस्ने छ।
बैठक बिहान ११ बजेको लागि तय भएपनि २ बजेका लागि सारिएको जनाइएकाे छ। बैठकमा पार्टी एकतालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
माओवादीले नेकपा समाजवादी पार्टी, एकीकृत समाजवादी लगायत दलसँग पार्टी एकताको पहल गर्न कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
प्रकाशित मिति: १२:१० बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











