राष्ट्रपतिले गरिन् वसन्त श्रवण
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।
काठमाडौं, माघ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेकी छिन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।
श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन राष्ट्रपतिले प्रत्येक नासलचोकमा वसन्त श्रवण गर्ने प्रचलन छ। वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकोमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।

वसन्त श्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुखसहित उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो।
प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











