नेकपा (एकीकृत समाजवादी) ले बोलायो केन्द्रीय कमिटीको बैठक
बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
काठमाडौं, माघ १२ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बोलाएको छ ।
बैठकमा राजनीतिक तथा निर्वाचन समीक्षा प्रतिवेदन, समसामयिक प्रस्तावमाथि छलफल गरिने महासचिव डा वेदुराम भुसालले जानकारी दिए ।
पार्टीका विभिन्न तहका कमिटीले पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका र निर्माण गरेका धारणाकाबारे बैठकमा छलफल गरिनेछ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा बैठकमा छलफल गरिनेछ ।
प्रकाशित मिति: ०७:५२ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











