Kathmandu Press

प्रेमप्रसादले आत्मदाह गर्नुअघि उठाएकाे विषयमा सरकारले छानविन गर्ने

प्रेमप्रसादले आत्मदाह गर्नुअघि उठाएकाे विषयमा सरकारले छानविन गर्ने

काठमाडाैं, माघ ११ : सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको अध्ययन गरेर छानविन गर्ने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रेमप्रसाद आचार्यको आत्मदाह र उनले उठाएको विषयमा छलफल गर्दै उक्त विषयको अध्ययन गरेर छानविनमा ल्याउने जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । गृहले छानविन गरेर आवश्यक कदम चाल्ने उनले बताए। उनले छानविनबाट आएका निष्कर्षमाथि आवश्यक कारवाही सुरु गरिने बताए।

विभिन्न विषयप्रति असन्तुष्टि जनाउँदै मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरिरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्