Kathmandu Press

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतको पहिलो साता काठमाडौंमा

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतको पहिलो साता काठमाडौंमा

काठमाडाैं, माघ ११ : छैटौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैतको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ।

आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निफ महोत्सव आगामी चैत्र २ देखि ६ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो। महोत्सवमा ५५ देशका ५ सय बढि फिल्मबाट छनौट भएका ३५ देशका ९५ फिल्मबीच प्रतिस्पर्धा हुने निफ अध्यक्ष केपी पाठकले जानकारी दिए।

Hardik ivf

विगतमा झै महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार प्रदान गरिने उनले बताए। यस पटकबाट निफका प्रतिस्पर्धी फिल्महरुलाई विभिन्न सिनेमा घरहरुमा प्रदर्शन गरिने पाठकले जानकारी दिए।

पत्रकार सम्मेलनमा नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैमा ठुलो कुरा भएको बताउँदै यसले नेपाली चलचित्र क्षेत्रलाई माथि उठाउने विश्वास व्यक्त गरे।

त्यस्तै महोत्सवका प्रमुख सल्लाहकार नीर शाहले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको विकास महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए। महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्