Kathmandu Press

राष्ट्रियसभा उपनिर्वाचन : एमालेका दसौदी, कांग्रेसका आचार्य र नाउपाका रायको उम्मेदवारी

राष्ट्रियसभा सदस्य चयनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ।
राष्ट्रियसभा उपनिर्वाचन : एमालेका दसौदी, कांग्रेसका आचार्य र नाउपाका रायको उम्मेदवारी

दाङ, माघ ११ : राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि तीनजनाको उम्मेदवारी परेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सो पदका लागि मनोनयन गरेपछि उम्मेदवारको संख्या तीन भएको हो।

नाउपाका तर्फबाट राजेन्द्रवीर रायले प्रदेश निर्वाचन कार्यालय दाङ आएर उम्मेदवारी दिएका हुन्। रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी छन्।

Hardik ivf

त्यसक्रममा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि आएकी थिइन्। सत्ता गठबन्धनमै रहे पनि नाउपाले छुट्टै उम्मेदवारी दिएको हो। सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले पनि उम्मेदवारी दिएका छन्। अध्यक्ष श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धनभित्र नरहेको बताएकी छन्। 

एमालेका दसौदीले बुधबार १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरे। दसौदीको समर्थकमा राप्रपाकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल छन्। मनोनयन दर्ताका बेला लुम्बिनीका मुख्यमन्त्री लीला गिरी र एमाले सचिव छविलाल विश्वकर्मा पनि निर्वाचन कार्यालय पुगे।

नेपाली कांग्रेसका तर्फबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्। रोल्पाका पूर्वसभापति बुधबार आचार्यले दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर मनोनयन दर्ता गरेका हुन्। उनको प्रास्तावकमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी छ्न्।

राष्ट्रियसभा सदस्य चयनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो।

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्