Kathmandu Press

आत्मदाह गरेका आचार्यले उठाएका जायज मागकाे समर्थन गर्दै प्रदर्शन

जस्टिस फर प्रेम आचार्य अभियान सुरु गर्दै युवाहरुले राज्यकै कारण युवाहरु मृत्युबरण गर्न बाध्य भएको भन्दै प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
आत्मदाह गरेका आचार्यले उठाएका जायज मागकाे समर्थन गर्दै प्रदर्शन

काठमाडाैं, माघ ११ : संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका जायज मागहरुलाई समर्थन गर्दै युवाहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। 

जस्टिस फर प्रेम आचार्य अभियान सुरु गर्दै युवाहरुले राज्यकै कारण युवाहरु मृत्युबरण गर्न बाध्य भएको भन्दै प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

Hardik ivf

324065692_697331182122104_6778639069987579517_n1674641653.jpg

उनीहरुले अर्को जल्दो शरि मेरो नहोस, यो आत्महत्या होइन हत्या हो, देशको लागि केहि गर्छु भन्नु अपराध हो?, यो देश होकी बधशाला ? लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरुले एक नागरिकले जीवन जिउनका लागि गर्ने संघर्षलाई राज्यले कदर गर्नुपर्ने बताएका थिए।

उनीहरुले देशमा रोजगारी लगाएतका जीवनयापनका लागि सहज वातावरण बनाउन नसके खाडीको भिसा दिनुपर्ने बताए। त्यस्तै पदका लागि नलडी ५ बर्षमा देशको बिकास गरेर देखाउन उनीहरुले आग्रह गरेका छन्।

324650792_1540850293078068_3486373786895775479_n1674641652.jpg

युवाहरुले परिवर्तनका सुरुवात गर्न नेताहरुलाई सुझाव दिदै परिवर्तन गर्न नसके पद छाड्न पनि सुझाव दिएका छन्। मंगलवार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधबार उपचारका क्रममा निधन भएको थियो। 

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्