कृषि बीमा गर्न बीमा समितिले तोक्यो कम्पनीका लागि जिल्ला (सूचीसहित)
काठमाडौं, पुस १९ : बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ।
....

काठमाडौं, पुस १९ : बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ।
बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवद्र्धन गर्न बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो। बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताए।
काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन्। उनँले नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताए।
समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवामार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ। समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताए।
तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ। अध्यक्ष चापागाईले यसबाट कृषि बीमाको पहुँच सबै ठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदान उपयोग हुने समेत बताए।
यो अभियानले बीमाको पहुँच बढ्ने समेत बताए। सरकारले कृषि तथा पशुपंक्षी बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिँदै आएको छ।
कुन जिल्लामा कुन बीमा कम्पनी ?
नेपाल इन्स्योरेन्स कम्पनी लि. : दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर
राष्ट्रिय बीमा कम्पनी लि.: बझाङ, डोटी, कैलाली
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. : हुम्ला, बाजुरा, अछाम
एभरेष्ट इन्स्योरेन्स कम्पनी : कालिकोट, दैलेख, सुर्खेत, बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी : मुगु, जाजरकोट, जुम्ला
एन एल जी इन्स्योरेन्स लि. : डोल्पा, रुकुम पश्चिम, सल्यान, बाँके
प्रभु इन्स्योरेन्स लि. : मुस्ताङ, म्याग्दी बाग्लुङ, स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स लि. : मनाङ, कास्की, पाल्पा, रुपन्देही
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. : गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स कम्पनी लि. : चितवन, मकवानपुर, धादिङ, नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स क. लि. : सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. : दोलखा, रामेछाप, सिन्धुली, सर्लाही
आइएमई जनरल इन्स्योरेन्स लि. : सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. : संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर
नेको इन्स्योरेन्स लि. : ताप्लेजुङ, पाँचथर, इलाम, झापा
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि. : धनकुटा, सुनसरी, तेह्रथुम, सप्तरी
नेशनल इन्स्योरेन्स कम्पनी लि. : रोल्पा, प्युठान, दाङ, अर्घाखाँची
सानिमा जनरल इन्स्योरेन्स लि. : कपिलवस्तु, नवलपुर, मोरङ
जनरल इन्स्योरेन्स कम्पनी लि. : रसुवा, सिरहा, पर्सा
अजोड इन्स्योरेन्स कम्पनी लि. : गुल्मी, पर्वत, पूर्वी रुकुम, रौतहट









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

