Kathmandu Press

कांग्रेसले आफू सरकारमा जान विकास र लोकतन्त्र भन्ने गरेको छ : ओली

बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको विकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको बताएका हुन्।
कांग्रेसले आफू सरकारमा जान विकास र लोकतन्त्र भन्ने गरेको छ : ओली

काठमाडाैं, माघ ११ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफू सरकारमा जान विकास र लोकतन्त्र भन्ने गरेको टिप्पणी गरेका छन्।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसभित्र मुलुकको विकासका लागि कुनै छलफल नै नहुने भन्दै कांग्रेसले आफू सरकारमा जानुलाई विकास र लोकतन्त्र भन्ने गरेको बताएका हुन्।

Hardik ivf

कांग्रेसको महाधिवेशनले समेत स्पष्ट विचार तय गर्न नसकेको आरोप लगाउँदै ओलीले पदाधिकारी छान्न मात्रै कांग्रेस केन्द्रीत भएको उल्लेख गरे। ओलीले कांग्रेस नेतृत्वको सरकारले मुलुकको बिकास गर्न नसक्ने र अर्थतन्त्र समेत ध्वस्त पारेको बताए।

उनले केही सामाजिक असन्तुष्टिलाई उपयोग गर्न खोलिएका पार्टीहरु मौसमी खालको भएको तर्क पनि गरे। मौसमी खालका पार्टीहरु स्थायी नहुने र उनीहरुले देशको बिकास पनि गर्न नसक्ने ओलीको भनाइ छ।

अध्यक्ष ओलीले उद्देश्यमा संगठित हुने पार्टी एमाले मात्रै भएको दाबी गरे। उनले सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि नै एमालेले काम गर्ने स्पष्ट पारे। 

प्रकाशित मिति: १५:३० बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्