Kathmandu Press

गृहमन्त्रीले भेटे आत्मदाह गरेका आचार्यकाे परिवार

मन्त्री लामिछाने आचार्यकाे मृत्युले भावविह्वल परिवार तथा आफन्तलाई भेट्न बर्न अस्पताल कीर्तिपुर पुगेका थिए। 
गृहमन्त्रीले भेटे आत्मदाह गरेका आचार्यकाे परिवार

काठमाडौं, माघ ११ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर आज (बुधबार) भेट गरेका छन्।

उनले परिवारलाई भेट्दै सान्त्वना दिएको उनको सचिवालयले जनाएको छ। मन्त्री लामिछाने आचार्यकाे मृत्युले भावविह्वल परिवार तथा आफन्तलाई भेट्न बर्न अस्पताल कीर्तिपुर पुगेका थिए। 

मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज (बुधबार) बिहान  उनको निधन भएको थियो।

मन्त्री लामिछानेले आज बिहान फेसबुकमा लेखेर आचार्यले आत्मदाहको निर्णय गर्नुलाई हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताएका छन्। सो घटनाका लागि सबै पक्ष दाेषी रहेको पनि मन्त्री लामिछानेले बताएका छन्।

‘यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला,’ उनले भनेका छन्, ‘तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।'

लामिछानेले आचार्यले उठाएका विषयमा छानबिन गर्ने पनि बताएका छन्।

प्रकाशित मिति: १५:१० बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्