Kathmandu Press

खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री खानले सबैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए।
खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

काठमाडाैं, माघ ११ : खानेपानी मन्त्री अब्दुल खानले जिम्मेवारी पाएको एक सातापछि पदभार ग्रहण गरेका छन्।

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री खानले सबैको सुझाव लिएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउने बताए।

Hardik ivf

उनले स्वच्छ खानेपानीको अभावले लाखौ मानिस प्रभावित हुने भएकाले पानीको गुणस्तर परिक्षण गर्ने कामको सुरुवात गर्नुपर्ने धारणा राखे।

खानेपानी सम्बन्धी समस्याहरु समाधानका लागि कार्ययोजना बनाएर काम गर्ने उनको भनाइ छ। मन्त्री खानले नीतिगत देखि राजनीतिक अवरोधहरुको रिपोर्टिङ गर्न निर्देशन दिदै आफ्नो कामलाई इमान्दारीपूर्वक गर्न पनि निर्देशन दिए।

पुष ११ गते जनमत पार्टीबाट विनाबिभागीय मन्त्री बनेका खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ ३ गते खानेपानी मन्त्रीमा नियुक्त गर्नुरेका थिए तर पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नपाएको भन्दै उहाले खानेपानीमन्त्रीका रुपमा पदभार गर्न मानेका थिएनन्। 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्