Kathmandu Press

वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीको जिम्मेवारी तोकिएसँगै शपथ ग्रहण गरिएको थियो। योसँगै वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ।
वाग्मती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

हेटौंडा, माघ ११ :  वाग्मती प्रदेशका आज (बुधबार) नियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीको जिम्मेवारी तोकिएसँगै शपथ ग्रहण गरिएको थियो। योसँगै वाग्मती प्रदेश सरकारले पूर्णता पाएको छ।

Hardik ivf

मुख्यमन्त्री जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टी (नेसपा) का गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानन मन्त्री, माओवादी केन्द्रका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन्।

त्यस्तै एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री भएका छन्।

त्यस्तै राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन्।

प्रकाशित मिति: १४:५० बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्