Kathmandu Press

वाग्मती प्रदेशमा तीन दलका कसलाई कुन मन्त्रालय ?

नवनियुक्त मन्त्रीहरूकोआजै शपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
वाग्मती प्रदेशमा तीन दलका कसलाई कुन मन्त्रालय ?

हेटौंडा, माघ ११ : वाग्मती प्रदेशका लागि ११ सदस्यीय मन्त्रीमण्डलकाे नाम टुंगो लागेको छ।

जसमा नेकपा एमाले र माओवादी केन्द्रका ४/४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का ३ जना छन्। सहमतिअनुसार दलहरुले आआफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन्। याेसँगै वाग्मती सरकारले पूर्णता पाएकाे छ।

एमालेले मकवानपुरका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य र काठमाडौंका केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री बनाउने भएको छ। एमालेका जगन्नाथ थपलियाले यसअघि नै आर्थिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी पाइसकेका छन्।

यसैगरी माओवादी केन्द्रले सिन्धुलीका गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन, सिन्धुपाल्चोकका युवराज दुलाललाई भौतिक पूर्वाधार विकास र मकवानपुरका कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्री बनाउने भएको छ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग, पर्यटन र सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन्। यसअघि नै बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन्।

माओवादी केन्द्रका सालिकराम जम्मकट्टेल पुस २६ मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनले नयाँ मन्त्रीहरुको शपथ आज (बुधबार) हुने जनाएका छन्।

यस्तो बन्यो मन्त्रिपरिषद :

१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. जगन्नाथ थपलिया, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३. उद्धव थापा, मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
४. गंगा नारायण श्रेष्ठ, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
५. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
६. युवराज दुलाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
७. केशव प्रसाद पोखरेल, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
८. रामेश्वर श्रेष्ठ,मन्त्री, स्वास्थ्य मन्त्रालय
९. एका लाल श्रेष्ठ, मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०. डम्बर तामाङ, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११. राजु विष्ट, मन्त्री, वन तथा वातावरण मन्त्रालय

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्