Kathmandu Press

मौसम : भोलि र पर्सी दिनभर घाम लाग्ने

काठमाडौं, पुस १९ : दुई दिनदेखि पानी परेको काठमाडौंको मौसम भोलि (आइतबार) देखि सफा हुने भएको छ। 

मौसम विज्ञान विभागका अनुसार भोलि र पार्स....

मौसम : भोलि र पर्सी दिनभर घाम लाग्ने
रिवाज राई

काठमाडौं, पुस १९ : दुई दिनदेखि पानी परेको काठमाडौंको मौसम भोलि (आइतबार) देखि सफा हुने भएको छ। 

मौसम विज्ञान विभागका अनुसार भोलि र पार्सी दिनभर घाम लागेर काठमाडौं उपत्यकाको तापक्रम बढ्ने छ। शुक्रबार र शनिबार ९ डिग्री सेल्सियसभन्दा बढ्न नसकेको काठमाडौंको तापक्रम आइतबार र सोमबार ११ डिग्रीसम्म पुग्ने भएको छ। 

 

 

आइतबार विहान ६ः५४ मा काठमाडौंका घाम उदाउने र साँझ ५ः२१ मा घाम अस्ताउने छ। आइतबार र सोमबार दिनभर घाम लागेपनि मंगलबार काठमाडौंको आकाश बादलले ढाक्नेछ।

त्यस्तै बुधबार र बिहीबार भने काठमाडौं उपत्यकामा पानी पर्ने मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी शुक्रबारबाट भने मौसममा बदली हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:०३ बजे, शनिबार, पुस १९, २०७६