Kathmandu Press

आचार्यले आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनाएको छ : शेखर काेइराला

आज (बुधबार) सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरुले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भएको बताउँदै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्नेमा जोड दिएका हुन्।
आचार्यले आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनाएको छ : शेखर काेइराला

काठमाडौं, माघ ११ : कांग्रेस नेता शेखर कोइरालाले संसद् भवन अगाडि इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य दिउँसै आगो लगाएर आत्मदाह गरेको घटनाले राज्यलाई लज्जित बनाएको बताएका छन्।

आज (बुधबार) सामाजिक सञ्जालमार्फत नेता कोइरालाले देशमा युवाहरुले आत्मदाह गर्नेसम्मको परिस्थिति बन्नुलाई लज्जास्पद भएको बताउँदै अब त्यस्तो हुन नदिन सरकारले पहल कदमी लिनुपर्नेमा जोड दिएका हुन्।

उनले अब ती युवाले आत्मदाह गर्नुको कारण खोजी गरेर मुलुकमा फेरि त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। 

‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ,’ उनको प्रश्न छ, ुहामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?’

आचार्यले सामाजिक सञ्जालमा  लामो स्टाटस लेखेर संसद भवन नयाँ बानेश्वरअगाडि मंगलबार दिउँसो आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। कीर्तिपुरको बर्न अस्पतालमा उपचारको अवस्थामा उनको आज (बुधबार) बिहान निधन भएको थियो।

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्