Kathmandu Press

राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट दसौदी र कांग्रेसबाट आचार्य उम्मेदवारी दिँदै

राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि आज (बुधबार) उम्मेदवारी मनोनयनको कार्यतालिका छ।
राष्ट्रियसभा उपनिर्वाचन : एमालेबाट दसौदी र कांग्रेसबाट आचार्य उम्मेदवारी दिँदै

दाङ, माघ ११ : राष्ट्रिय सभा सदस्यका लागि माघ २५ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि आज (बुधबार) उम्मेदवारी मनोनयनको कार्यतालिका छ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनीमा हुने उपनिर्वाचनका लागि  नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्य र एमालेका कुमार दसौदी उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसले आज (बुधबार) बिहान मात्र उम्मेदवारका लागि रोल्पाका पूर्व सभापतिसमेत रहेका आचार्यको नाम टुंगो लगाएको हो। उनले आज बुधबार प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन्। 

Hardik ivf

दुई पटक जिल्ला सभापति बनेका उनी २०६४ सालमा संविधान सभा सदस्यका उम्मेदवारसमेत बनेका थिए।

एमालेका दसौदीलाई माओवादी केन्द्रसहित सत्तारुढ दलको समर्थन रहनेछ। उनले पनि आज दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नेछन्। एमाले केन्द्रीय सदस्य रहेका दसौदी पनि रोल्पा निवासी हुन्। 

एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त छ। सोही सिट परुर्तिका लागि उपनिर्वाचन हुन लागेको हो। निर्वाचन माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको छ।

वाग्मतीमा १०९ पालिका छन्। जसमा कांग्रेसले ४८, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जित नकिालेका छन्।

वाग्मती प्रदेशसभा ८७ सदस्यीय रहेको छ। जसमा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट २ जना छन्।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्