Kathmandu Press

माओवादीबाट वाग्मतीमा श्रेष्ठ, दुलाल र मोक्तान मन्त्री बन्दै

सिन्धुलीका श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, सिन्धुपाल्चोकका दुलालले भौतिक योजना तथा मकवानपुरकी मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन्।
माओवादीबाट वाग्मतीमा श्रेष्ठ, दुलाल र मोक्तान मन्त्री बन्दै

काठमाडौं, माघ ११ : माओवादी केन्द्रले वाग्मती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेको नाम टुंगाे लगाएको छ।

मन्त्रीका लागि टुंगाे लागेका तीनजनामा  गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेकाे जनाइएकाे छ। वाग्मती प्रदेशमा माओवादी केन्द्र सालिकराम जम्मकट्टेल मुख्यमन्त्री छन्।

सिन्धुलीका श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, सिन्धुपाल्चोकका दुलालले भौतिक योजना तथा मकवानपुरकी मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन्।

२६ पुसमा मुख्यमन्त्री  नियुक्त भएका जम्मकट्टेलले आज मन्त्रिपरिषद् विस्तार गर्ने र नयाँ मन्त्रीहरुको शपथ आज (बुधबार) हुने जनाइएकाे छ।

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्