Kathmandu Press

आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम : रवि लामिछाने

सो घटनाका लागि सबै पक्ष देषी रहेको पनि मन्त्री लामिछानेले बताएका छन्।
आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम : रवि लामिछाने

काठमाडाैं, माघ ११ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य आत्मदाहको निर्णय गर्नुलाई हिजोदेखिको निराशा र पिडाको परिणाम भएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेले आज (बुधबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्। मंगलबार संसद भवन नयाँ बानेश्वरअगाडि शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यकाे आज निधन भएपछि लामिछानेले फेसबुकमा त्यस्तो लेखेका हुन्। 

Hardik ivf

‘एउटा नागरिकले  आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र  पिडाको परिणाम  हो,’ उनले लेखेका छन्, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।’ 

सो घटनाका लागि सबै पक्ष देषी रहेको पनि मन्त्री लामिछानेले बताएका छन्। ‘यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला,’ उनले भनेका छन्, ‘तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, माघ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्