Kathmandu Press

रवि लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्दा न्यायाधीश हेरफेर भएको हो।
रवि लामिछानेको मुद्दाको इजलासमा न्यायाधीश हेरफेर

काठमाडौं, माघ ११ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दा सुनुवाइ गर्ने इजलासमा एकजना न्यायाधीश हेरफेर भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको मुद्दा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्दा न्यायाधीश हेरफेर भएको हो।

यसअघिको इजलासमा नरहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमानसिंह राउत हटेका छन्।

यसअघि पुस २२ गते भएको सुनुवाइमा वरिष्ठतम न्यायाधीश श्रेष्ठ बिदामा थिए। यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा भने यथावत् छन्।

लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज (बुधबार) अन्तिम सुनुवाइ सुरु थाल्दैछ। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेस गरेर नेपाली राहदानी बनाएको आरोप लामिछानेमाथि लागेको छ।

प्रकाशित मिति: ११:४५ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्