Kathmandu Press

समान विचार भएकासँग पार्टी एकता गर्ने राप्रपाको निर्णय, बनायो वार्ता कमिटी 

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो। 
समान विचार भएकासँग पार्टी एकता गर्ने राप्रपाको निर्णय, बनायो वार्ता कमिटी 

काठमाडौं, माघ ११ : कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय गरेको छ । माघ ९ र १० गते काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो। 

अध्यक्ष थापाको अध्यक्षतामा बसको बैठकले समाधान विचार धारा भएका व्यक्ति, समूह र दलहरुसँग सहकार्यको निम्ति वार्ता गर्न उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा महामन्त्रीद्वय इन्द्र चित्रकार र  राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव रहेको समिति गठन गरेको हो। 

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति, विचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मुर्त रुप दिन यो कमिटीले काम गर्नेछ।

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्