Kathmandu Press

आज पनि केहि प्रदेशमा वर्षा र हिमपात, काठमाडौंमा तत्काल पानी पानी नपर्ने 

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 
आज पनि केहि प्रदेशमा वर्षा र हिमपात, काठमाडौंमा तत्काल पानी पानी नपर्ने 
Hardik ivfHardik ivf

काठमाडौं, माघ ११ : सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ । 

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ । यसले गर्दा पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भए पनि बाग्मती, मधेस प्रदेश र प्रदेश १ मा वर्षाको  सम्भावना तत्काललाई छैन ।

काठमाण्डौसहित बाग्मती प्रदेश, मधेस प्रदेश र  प्रदेश १ मा पर्सिसम्म वर्षाको कुनै सम्भावना छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी अवस्थाबारे पूर्वानुमान गर्दै आएको छ ।

यस्तै, पानी नपरे  पनि काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लामा आज बादल लाग्ने अनुमान छ । पश्चिमी निम्न चापीय प्रणालीकै प्रभावका कारण उपत्यकासहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्