Kathmandu Press

बागमतीमा आज मन्त्रिपरिषद विस्तार तयारी, घटाइयो मन्त्रालय संख्या 

प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।
बागमतीमा आज मन्त्रिपरिषद विस्तार तयारी, घटाइयो मन्त्रालय संख्या 

काठमाडौं, माघ ११ : बागमती प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ। अब ११ वटा मन्त्रालय रहने भएका छन् । हाल १४ मन्त्रालय थिए।

प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।

उक्त प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो। बागमतीमा बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ।

मुख्यमन्त्रीनिकट एक सांसदले आज मन्त्रिपरिषद विस्तारको तयारी गरिएको जानकारी दिए। बागमतीमा गत पुस २६ मा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए।

त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए। गण्डकी, कर्णालीलगायत प्रदेशमा पनि मन्त्रालय संख्या घटाइएको छ।
 
प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्