Kathmandu Press

वालिङकाे खेल मैदानमा हेलिकाेप्टर अवतरण गर्ने पाइलट निलम्बित

वालिङकाे खेल मैदानमा हेलिकाेप्टर अवतरण गर्ने पाइलट निलम्बित

काठमाडाैं, माघ १० : स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकाेप्टर अवतरण गर्ने प्रभुका पाइलट निलम्बनमा परेका छन। पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको हाे। 

माघ ५ गते वालिङस्थित खेल मैदानमा फुटबल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकाेप्टर अवतरण गरेको भन्दै पाइलट डंगोललाई कारबाहीमा परेका हुन।

Hardik ivf

प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार 'अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन।'

बिना अनुमती हेलिकाेप्टर अवतरण गरेपछि स्थानीय युवाले पाइटमाथि कुटपिट समेत गरेका थिए। कुटपिटकाे कारण अहिले पाइलट डंगोल घाइते भएकाेले ठिक भएपछि अनुसन्धानको काम सुरू गरिने प्राधिकरणले जनाएकाे छ।

प्रहरीले पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाशित मिति: २०:१७ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्