कर्णालीमा मन्त्रालयको भागबन्डामा जुट्याे सहमति : एमाले ३, माओवादी ४
सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।
काठमाडाैं, माघ १० : कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डामा सहमति जुटेको छ । सत्ता गठबन्धन दलहरूबीच मंगलबार बसेको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।
सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।
माओवादी केन्द्रलाई १) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, २) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, ३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ४) भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय परेकाे छ।
त्यस्तै एमालेलाई १) आर्थिक मामिला तथा योजना मन्त्रालय, २) सामाजिक विकास मन्त्रालय र ३) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे भाग परेकाे छ।
प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











