Kathmandu Press

तीन मन्त्री नियुक्त भएसँगै गण्डकी सरकारले पायो पूर्णता

मंगलबार नियुक्त भएका मन्त्रीहरूमा नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ रहेका छन भने, माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली रहेका छन।
तीन मन्त्री नियुक्त भएसँगै गण्डकी सरकारले पायो पूर्णता

काठमाडाैं, माघ १० : गण्डकी प्रदेश सरकारले मंगलबार तीन जना मन्त्री नियुक्त गरेसँगै गण्डकी सरकारले पूर्णता पाएको छ । 

मंगलबार नियुक्त भएका मन्त्रीहरूमा नेकपा एमालेका रोशनबहादुर गाहा थापा र बेदबहादुर गुरुङ रहेका छन भने, माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली रहेका छन।

तीनै जनाले मंगलबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । 

यससँगै गण्डकीमा मन्त्रिपरिषद्‍को संख्या ७ सदस्यीय पुगेको छ ।

gandaki1674569702.jpg

प्रकाशित मिति: १९:५६ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्