बाजुराकाे बिच्छयाँ केन्द्रविन्दु भएर गएकाे भूकम्पले बझाङका दर्जनाैं घरहरूमा क्षति

बाजुराकाे बिच्छयाँ केन्द्रविन्दु भएर गएकाे भूकम्पले बझाङका दर्जनाैं घरहरूमा क्षति

काठमाडाैं, माघ १० : बाजुराकाे बिच्छ्याँ केन्द्रविन्दु भएर गएकाे भूकम्पले बझाङमा दर्जनाैं घरहरू भत्किएका छन। मंगलबार दिउँसाे गएकाे भूकम्पमा परी एक जना घाइते भएका छन।

भूकम्पपछि सुरक्षित स्थानतर्फ भाग्न खोज्दा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ५२ वर्षीय हरिकृण्ण जोशी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पले जिल्लाका सबै पालिकाका कतिपय भौतिक संरचनामा क्षति पुगेकाे छ।

बाजुराको हिमाली गाउँपालिका बिच्छ्याँको मौलालाई केन्द्रबिन्दु बनाएर दिउँसो २:४३ बजे ५.९ म्यानिच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुरामा भने एक जनाको मृत्यु भएको छ ।

भूकम्पको धक्काले सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञान केन्द्रको भवन, जिल्ला अस्पताल, केही होटल र निजी घरमा पनि क्षति भएको छ ।

भूकम्पका कारण जयपृथ्वी नगरपालिका, बुङगल नगरपालिका, सुर्मा, मष्टा, तलकोट, खप्तडछान्ना, थलारा र साइपाल गाउँपालिकास्थित थुप्रै निजी घर र विद्यालय, स्वास्थ्य चौकी जस्ता सार्वजनिक संरचनाहरुमा क्षति पुगेको विवरण आइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस : बाजुरामा गएकाे भूकम्पमा परी एक जनाकाे मृत्यु

प्रकाशित मिति: १८:२९ बजे, मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्