बाजुरामा गएकाे भूकम्पमा परी एक जनाकाे मृत्यु

बाजुरा, माघ १० : बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पमा परी एक जनाकाे मृत्यु भएकाे छ।
गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।
घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
बाजुराकै हिमाली गाउँपालिकाको बिच्छ्याँ केन्द्रबिन्दु बनाएर गएको ५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति पुगेकाे छ।
प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार