Kathmandu Press

राप्रपा धर्म र समृद्धिको सम्बाहक शक्ति :  कमल थापा 

काठमाडौं, पुस १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य, धर्म र समृद्धिको सम्बाहक शक्ति राप्रपा भएको बताएका छन्।

राष्....

राप्रपा धर्म र समृद्धिको सम्बाहक शक्ति :  कमल थापा 

काठमाडौं, पुस १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य, धर्म र समृद्धिको सम्बाहक शक्ति राप्रपा भएको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तीन नम्बर प्रदेश स्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै थापाले धर्म,संस्कृतिको पक्षमा रहेको जनमतलाई शक्तिमा रुपान्तरण गर्ने गरी काम गर्न निर्देशन दिए।

जनता मालिक भएर निर्णय गर्ने समयमा मात्र सत्य र धर्मको जित हुने चर्चा गर्दै थापाले सत्य र धर्मको जितको अवस्थामा राप्रपाको भविष्य उज्वल हुने र त्यो अवस्थामा राप्रपाको प्रगति र विजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरे। 

धर्मको नाश भएपछि समाजमा व्यभिचार बढ्ने भन्दै उनले महिलामाथिको दमन, शोषण र हिंसाको बिरोधमा शसक्त भएर देखिने गरी उभिन संगठनलाई आग्रह गरे। निर्मला पन्तको बलात्कार पछिको हत्या जस्ता जघन्य घटना देशव्यापी रुपमा बढ्दै जाँदा सरकारले न्यायको प्रत्याभूति दिन नसक्नु लज्जाको विषय भएको उनले बताए।

सबै धर्मकाबीचमा समानता र धार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र, चुनावी राजनीतिभन्दा माथि उठेको राजसंस्था तथा स्वायत्त शासनमा आधारित सुदृढ स्थानीय निकायको जगमा मात्र नेपाललाई बलियो मुलुक बनाउन सकिने थापाको भनाइ थियो।

प्रकाशित मिति: १७:०७ बजे, शनिबार, पुस १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्