Kathmandu Press

‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’

अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उनले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गरे।
‘कोरोना रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको योगदान बिर्सन सकिन्न’
Hardik ivfHardik ivf

काठमाडाैं, माघ १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पुर्‍याएको योगदान बिर्सन नसकिने बताएका छन्।

अस्पतालको ८९ औँ वार्षिकोत्सवमा आज उनले कोरोना सङ्क्रमणजस्तो महामारीको रोकथाम र नियन्त्रणमा अस्पतालले महत्वपूर्ण योगदान दिएको बताउँदै त्यस कठिन घडीमा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ काम गरेको स्मरण गरे। उनले सङ्क्रमण रोकथाम र नियन्त्रणमा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको प्रशंसा गरे। 

मन्त्री गिरीले कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि निर्वाह गरिएको भूमिकाका आधारमा जस्तोसुकै महामारीलाई पनि सामाना गर्न सक्ने क्षमता अस्पतालका स्वास्थ्यकर्मीले देखाउने विश्वास व्यक्त गरे। उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा कसरी पुर्‍याउन सकिन्छ भनेर सबैले संकल्प गर्नुपर्ने समय आएको बताए। 

'सबै नागरिकलाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ भन्नेमा हाम्रो ध्यान जान जरुरी छ', उनले भने, 'सुदृढ स्वास्थ्य प्रणााली बनाउन सबै मिलेर काम गर्नुपर्छ।' नेपालको स्वास्थ्य क्षेत्र भरपर्दो, अब्बल छ भनेर सावित गर्ने दायित्व हामी सबैको रहेको भन्दै मन्त्री गिरीले सबै रुपले स्वास्थ्य क्षेत्रलाई मर्यादित र जनतामुखी बनाउन आवश्यक रहेको बताए। उनले अस्पताललाई कम्तीमा पाँच सय शय्याको बनाउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले अस्पतालको सेवालाई विकेन्द्रीत गरेर अन्य ठाउँबाट पनि सरुवा रोगका बिरामीको उपचार गर्नुपर्ने बताए। उनले कोरोना भाइरसका बेला देशै भयभित रहेको अवस्थामा अस्पतालले पुर्‍याएको सेवा कहिल्यै बिर्सन नहुने बताए। 

मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले अस्पताललाई चाहिने जनशक्ति उपलब्ध गराउन मन्त्रालय लागिपरेको बताए। उनले तीन सय शय्याका लागि मन्त्रालयले दरबन्दीको व्यवस्थापन गर्न थालेको समेत जानकारी दिए। 

मन्त्रालयका अतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्राले अस्पतालले कोरोना भाइरसको बेला मात्र नभएर हैजा, डेङ्गुजस्ता महामारी रोकथाममा राम्रो भूमिका निर्वाह गरेको बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले अस्पतालले प्रदान गर्ने सेवा उदाहरणीय रहेको भन्दै सरुवा रोगलाई निमट्यान्न पार्नुपर्ने बताए। 

अस्पतालका कार्यकारी निर्देशक डा मनिषा रावलले अस्ताललाई तीन सय शय्या विस्तार गर्न थालिएको जानकारी दिए। १९९० मा कलेरा अस्पतालको रुपमा रहेको अस्पताललाई २०५३ सालमा सरुवा रोग अस्पतालको रुपमा विकास गरिएको थियो।

उनका अनुसार अस्पतालले विगत डेढ वर्षदेखि अस्पतालले निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। अहिलेसम्म एक लाख १२ हजारलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइएको छ। 

उनले अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामी आउने गरेको बताए। उनका अनुसार दैनिक तीन सयदेखि चार सय कुकुरले टोकेका बिरामी आउने गर्दछन्। 

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्