Kathmandu Press

प्रधानमन्त्री दाहालको यही कार्यकालमा शान्तिप्रक्रियाले पूर्णता पाउँछ : गजुरेल

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका हुन्।
प्रधानमन्त्री दाहालको यही कार्यकालमा शान्तिप्रक्रियाले पूर्णता पाउँछ : गजुरेल

काठमाडाैं, माघ १० : प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को वर्तमान कार्यकालमा शान्ति प्रक्रियाले पूर्णता पाउने र संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले यसपटक केही गर्नुपर्छ भन्ने भावना बोकेर हिँडेको र शान्ति प्रक्रियालाई पूर्णता दिने र संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका हुन्।

गजुरेलले आफूले आफ्नो ठाउँबाट अहिले प्राप्त गरेको जिम्मेवारीलाई ईमानदारिता र निष्ठापूर्वक आफ्नो क्षमताअनुसार काम गर्ने पनि प्रतिवद्धता जनाए।

उनले विगतमा आफू नाै महिना कृषिमन्त्री भएको बेला नाकाबन्दीको अवस्थामा पनि मलको अभाव हुन नदिएको स्मरण गरे।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्