Kathmandu Press

दायित्व नेपाल जननीति फेलोशिपको १२औं समूहको दिक्षान्त सम्पन्न 

छ महिने फेलोशिपको अवधिमा गरिएको अनुसन्धानबाट प्राप्त परिणाम र सुझावहरु सहितको प्रतिवेदन हरेक फेलोले आफ्नो सम्बन्धित सरकारी निकायलाई बुझाई सकेका छन् ।
दायित्व नेपाल जननीति फेलोशिपको १२औं समूहको दिक्षान्त सम्पन्न 
Hardik ivfHardik ivf

काठमाडौं, माघ १० : दायित्व फेलोशिपको १२औं संसकरणको फेलोहरुको दिक्षान्तसँगै दायित्व फेलोशिप संगोष्ठी सम्पन्न भएको छ। 

संगोष्ठीमा दायित्व नेपाल जननीति फेलोशिप एल्मनाई काउन्सिलको उद्घाटन पनि गरिएको हो । गत जुन महिना देखि सुरु भएको दायित्व नेपाल नीति फेलोशिप २०२२ मा १५ वटा देशमा प्रशिक्षित २०० भन्दा बढि आवेदकहरुबाट छानिएका ६ जना फेलोहरुले ३ सरकारी संस्थाहरू–राष्ट्रिय योजना आयोग, संचार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र ३ जना जनप्रतिनिधिहरु माननीय गगन थापा, माननीय गोकर्ण बिष्ट र माननीय कमला रोकासँग आबद्ध भएर तथ्यमा आधारित नीति अनुसन्धान गरेका थिए । 

छ महिने फेलोशिपको अवधिमा गरिएको अनुसन्धानबाट प्राप्त परिणाम र सुझावहरु सहितको प्रतिवेदन हरेक फेलोले आफ्नो सम्बन्धित सरकारी निकायलाई बुझाई सकेका छन् ।  

सन् २०१३ देखि, दायित्व फेलाशिपले ३१ देशहरूमा प्रशिक्षित १७० युवा नेपाली युवाहरुलाई ७४ वटा सरकारी निकाय र २४ जना जनप्रतिनिधिहरूका लागि नेपालका सतै वटा प्रदेशको संघीय, प्रादेशिक र स्थानिय स्तरमा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्न सहयोग पुर्याएको छ। फेलोशिपको सफल दश वर्षको अवसरमा दायित्वले फेलोशिप एल्मनाई काउन्सिलको सुरुवात गरेको छ। 

Daayitwa 20231674560846.jpg

समावेशी र उद्यमशील नेपालका लागि तथ्यमा आधारित नीति अनुसन्धान प्रवर्द्धन गर्ने दायित्वको एक मूल लक्ष्य हसिल गर्न यस काउन्सिलले सहयोग पुर्‍याउने विश्वस दायित्वले लिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले दायित्व फेलोहरुले गरेको अनुसन्धानले नेपाल सरकारको कामलाई सहज पारेको सज्ञा दिँदै फेलोहरुको संख्या बढाउनपर्नेमा जोड दिए । “देश बनाउने हाम्रै दायित्व हो, अरुको होईन । त्यसैले, यवा, सरकार, सामाजिक, निजी तथा अन्य सबै क्षेत्रले मिलेर काम गरे देशको समग्र शासकीय शैलीलाई नै सुधार गर्न सकिन्छ”, उनले भने । 

दायित्व फेलोशिपको यात्राबारे बताउने क्रममा दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा. पुकार मल्लले राष्ट्र निर्माणमा सरकार र युवा बिचको सहकार्यको महत्व र त्यसको परिमाणबारे प्रकाश पार्दै नेपाल सरकारलाई फेलोशिप जस्ता नवप्रवर्तनमुखी कार्यक्रमहरुलाई संस्थागत गर्नु पर्नेमा जोड दिए । 

सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १४१ नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानिय तहमा नीति अनुसन्धान सहयोग पुर्‍याएको छ । 

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्