Kathmandu Press

भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे। 
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

काठमाडाैं, माघ १० : नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उहाँले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे। 

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्