Kathmandu Press

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो। 
बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ १० : सुदूरपश्चिमको बाजुरास्थित मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो। सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए।

प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो। पश्चिम नेपालको नेपालगन्ज, बझाङ, कैलाली, बाजुरालगायत स्थानमा मात्र नभएर भारतको दिल्लीसम्म महसुस गरिएको जनाइएको छ।

भूकम्पका कारण बाजुराको बडिमालिका नगरपालिका-७ मा एउटा घर भत्केको जानकारी आएको प्रहरीले जनाएको छ।

भूकम्पको धक्काबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्