Kathmandu Press

संसद भवनअगाडि एक युवकद्वारा आगो लगाएर आत्मदाहको प्रयास

प्रहरीले जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
संसद भवनअगाडि एक युवकद्वारा आगो लगाएर आत्मदाहको प्रयास

काठमाडौं, माघ १० : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीले जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी बर्न अस्पताल कीर्तिपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

Hardik ivf

इलाम घर भएका ३६ वर्षीय प्रेम प्रसाद आचार्यले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरले जनाएएको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जनाइएको छ।

उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्