Kathmandu Press

लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न कांग्रेस तयार छ : कोइराला

विराटनगर, पुस १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन्। ....

लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न कांग्रेस तयार छ : कोइराला

विराटनगर, पुस १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन्। 

नेपाल तरुण दल क्षेत्र नम्बर ६ मोरङले शनिबार आयोजना गरेको तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेको बताएका हुन्। 

कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए। जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने बताए।

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, पुस १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्