Kathmandu Press

संघीयता र लोकतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको चेतावनी 

राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषदभित्र रहेर संघीयताविरोधी कुरा गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले त्यस्ता मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिए।
संघीयता र लोकतन्त्रविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्रीको चेतावनी 

काठमाडौं, माघ १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदभित्र रहेर संघीयता र लोकतन्त्रविरुद्ध अभिव्यक्ति दिन नमिल्ने बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मन्त्रिपरिषदभित्र रहेर संघीयताविरोधी कुरा गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले त्यस्ता मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिए। उनले मन्त्रिपरिषदका सदस्यहरूलाई संविधानको मर्मअनुसार चल्न आग्रह पनि गरे।

‘मन्त्रिपरिषद्मा एक जना सदस्यले संघीयताविरुद्ध बोलेको भन्ने कुरा आयो। दलको पनि नेता भएकाले बाहिर गएर बोल्ने एउटा विषय होला तर मन्त्रिमण्डलको सदस्यले भित्रै बसेर संघीयता र लोकतन्त्रविरुद्ध बोल्न पाउँदैन। यो नैतिक र कानुनी रुपमा बोल्न मिल्ने विषय होइन,’ उनले भने, ‘सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषदभित्र रहेर त्यो गर्न पाइँदैन। यसमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यसमा स्पष्टीकरणको विषय हुन्छ।’

प्रधानमन्त्री प्रचण्डले संविधानमा स्वायत्त क्षेत्र, बिशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यबस्था पनि रहेकाले ऐनको अभावमा कार्यान्वयन हुन नसकेकोले सो कुरा उचित नभए त्यसलाई संसोधन गर्ने अधिकार संसदलाई रहेको तर सहि भए ऐन बनाएर कार्यान्वयन गराउनुपर्ने जिकिर गरे। उनले मन्त्रालय घटाएर प्रदेशको खर्च घटाउने र विकासका काम र ऐनलाई अघि बढाउने काममा सरकारको ध्यान केन्द्रित रहेको बताए।

 

प्रकाशित मिति: १५:१७ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्