Kathmandu Press

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन

प्रतिनिधिसभाले मंगलबार नियमावली मस्यौदा तयार गर्न २१ सदस्यीय समिति गठन गरेको हो।
प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन

काठमाडौं, माघ १० : प्रतिनिधिसभाले आफ्नो काम व्यवस्थित गर्नका लागि प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ। प्रतिनिधिसभाले मंगलबार नियमावली मस्यौदा तयार गर्न २१ सदस्यीय समिति गठन गरेको हो।

समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।

त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी देवेन्द्र पाैडेलले राखेकाे प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ। समितिलाई १५ दिनको समय तोकिएको छ र समितिको सभापति समितिले चयन गर्नेछ ।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्