Kathmandu Press

गृहमन्त्री र अमेरिकी राजदूतको भेट

गृहमन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गृहमन्त्री र अमेरिकी राजदूतको भेट

काठमाडौं, माघ १० : प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्