Kathmandu Press

प्रशासन लगाएर ताला खोलेपछि आइओएमका विद्यार्थी र प्रहरीबीच झडप 

प्रशासन लगाएर ताला खोलेपछि आइओएमका विद्यार्थी र प्रहरीबीच झडप 

काठमाडौं, माघ १० : त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । आइओएमको डीन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रहरी प्रशासन लगाएर खुलाइएपछि तनाव उत्पन्न भएको हो। 

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान ताला लगाएका थिए । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले सामान्य लाठी प्रहार गरेको छ । केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् ।

 

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्