प्रधानमन्त्री दाहालसँग गण्डकीका मुख्यमन्त्रीको भेटवार्ता

काठमाडौं, माघ १० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गण्डकी प्रदेश सरकारको विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
गण्डकी प्रदेश सरकार विस्तारको तयारी भइरहेको बेला प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले भेटवार्ता गरेका हुन् ।
प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











