Kathmandu Press

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक पोखरेल

काठमाडौं, माघ १० : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । 

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्। 

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्