Kathmandu Press

झापाको एभेरेष्ट चिया बगानमा युवक–युवती मृत फेला 

अन्दाजी २५ वर्षीय युवक र १८ वर्षीया युवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।  
झापाको एभेरेष्ट चिया बगानमा युवक–युवती मृत फेला 

काठमाडौं, माघ १० : झापामा एक युवक र युवती मृत फेला परेका छन् ।  

जिल्लाको कचनकवल गाउँपालिका– ४ केचनास्थित एभेरष्ट चिया बगानमा उनीहरु मृत फेला परेका हुन् ।

अन्दाजी २५ वर्षीय युवक र १८ वर्षीया युवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।  

327167265_1127334711311336_5642517941612601780_n1674535728.jpg

स्थानीयहरुका अनुसार उनीहरु एउटै कपडाको पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेकाले सबै खुलिनसकेको डिएसपी पाठकले बताए । 
 
प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्