Kathmandu Press

पीएसजीले पाएस डी कासेललाई ७–० ले हरायो, एम्बाप्पेले गरे ५ गोल

गएराति भएको खेलमा पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे।
पीएसजीले पाएस डी कासेललाई ७–० ले हरायो, एम्बाप्पेले गरे ५ गोल

काठमाडौं, माघ १० : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। 

गएराति भएको खेलमा पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे। एमबाप्पेले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप दुई गोल गरे। 

यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्