Kathmandu Press

‘संगठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ’

अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए।
‘संगठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल। फाइल तस्बिर।

काठामडौं, माघ ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संगठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएका छन्।

पार्टी निकट मुस्लिम इत्तेहाद संगठन नेपालको पदाधिकारीको बैठकमा उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष नोपलले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए। उनले संगठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए।

नेकपा एसका उपमहासचिव विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने बताए ।
     

प्रकाशित मिति: २०:१२ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्