Kathmandu Press

सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर हुँदैन : लिङ्देन

‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ । हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु।’
सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर हुँदैन : लिङ्देन
फाइल तस्बिर।

झापा, माघ ९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले सरकारमा जाँदैमा हिन्दू राष्ट्रको मुद्दा कमजोर नहुने बताएका छन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाको अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित शंकारचार्यपीठ वेद वेदांग संस्कृति पाठशालाको नवनिर्मित भवनको उद्घाटन गर्दै उप्रधानमन्त्री लिङ्देनले सरकारमा जाँदा हिन्दूत्वको मुद्दा झन बलियो हुने बताए।

‘सरकारमा गएर हिन्दूत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ’, उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।’ उनले नेपालमा हिन्दू राष्ट्र हुनुपर्छ भनेर विनास्वार्थ उभिएको बताए।

लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए।

४५ लाख रुपैयाँको लागतमा दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको निर्माण गरिएको हो ।

प्रकाशित मिति: १९:३५ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्