सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन सकेन : मुख्यमन्त्री रावल
रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना कार्यक्रममा मुख्यमन्त्री रावलले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने पनि बताए।
काठमाडाैं, माघ ९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको भन्दै गुनासो गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना कार्यक्रममा मुख्यमन्त्री रावलले केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्व दिनुपर्ने पनि बताए।
उनले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिको लागि नभएको बताउँदै अबको पाँच वर्षको कार्यकालमा अतीतलाई सम्मान गर्दै वर्तामानलाई क्रियाशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँका रूपमा मात्रै चिनिएको भन्दै उनले काठमाडौंमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने बताए।
सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दबाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी रहेको उनले बताए।
उनले सुदूरपश्चिका विभिन्न प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए।











