Kathmandu Press

बबरमहलबाट रुबी खानसहित अधिकारकर्मी पक्राउ

माइतीघर मण्डलामा २४ दिनयता जारी धर्नामा आज बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पनि सहभागी भएका थिए।
बबरमहलबाट रुबी खानसहित अधिकारकर्मी पक्राउ

काठमाडौं, माघ ९ : बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ।

खानसहित अधिकारकर्मीको टोलीलाई नै र्‍यालीका क्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको बाटोबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।

माइतीघर मण्डलामा २४ दिनयता जारी धर्नामा आज बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पनि सहभागी भएका थिए।

प्रदर्शनका क्रममा महिला अधिकारको पक्षमा शिल्पी थिएटरका युवाहरूले सडक नाटक पनि देखाए।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्