Kathmandu Press

राष्ट्र बैंकका निर्देशक चन्दकाे अभिनय रहेकाे ‘जिन्दगी’ सार्वजनिक

उक्त भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्दका साथै मिग्मा डेबिड शेर्पा, संज्ञा श्रेष्ठ, मिग्मा शेर्पालगायतको अभिनय रहेको छ।
राष्ट्र बैंकका निर्देशक चन्दकाे अभिनय रहेकाे ‘जिन्दगी’ सार्वजनिक

काठमाडौं, माघ ९ : गायक एवं संगीतकार कमलमान सिंहको शब्द, संगीत र स्वरमा रहेको ‘जिन्दगी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोको निर्देशन पनि सिंहले नै गरेका हुन् ।

युवाहरूको कथा बोकेको यो गीतलाई कमलमानसिंहले आफ्नै युट्युब च्यानलबाट एक साताअघि सार्वजनिक गरेका हुन्। 

उक्त भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द मुख्य भूमिकामा देखिएका छन्। चन्दका साथै मिग्मा डेबिड शेर्पा, संज्ञा श्रेष्ठलगायतको अभिनय रहेको छ। उक्त भिडियोमा सिनेमाट्रोग्राफी ब्रायन राईको रहेको छ।

विविध समस्याका बाबजुद युवाहरू आफ्नो सपना पूरा गर्न संघर्ष गरिरहेको हुने सन्दर्भलाई म्युजिक भिडियोले समेटेको चन्दले बताए। 

एक साताको अन्तरालमा ४७ हजारभन्दा बढीले उक्त भिडियो हेरिसकेका छन्। म्युजिक भिडियोले सकारात्मक प्रतिक्रियहरू पाइरहेको छ।   

प्रकाशित मिति: १४:१२ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्